PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बी डिभिजन लिग : मध्यपुर र सातदोवाटो विजयी



पहिलोपोस्ट

बी डिभिजन लिग : मध्यपुर र सातदोवाटो विजयी

ललितपुर : बी डिभिजन लिग अन्तर्गत सोमवार भएको खेलमा मध्यपुर युथ एसोसिएसन र सातदोवाटो युथ क्लब विजयी भएका छन्।

मध्यपुरले खुमलटार युथ क्लबलाई ३-२ ले पराजित गरेको हो।

सुबमा विक्रम कार्की कैलाश लामिछाने र विवेश गुरुङले गोल गरे। खुमलटारको लागि अभय रानाले ४०औँ र ७४औँ मिनेटमा गोल गरे।

यस्तै अर्को खेलमा सातदोवाटोले श्री कुमारीलाई क्लबलाई २-१ ले हरायो। सातदोवाटोका लागि दिपेश गुरुङ र रन्जन पुनले गोल गरे। श्री कुमारीका लागि सुबिग्य रेग्मीले गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell