PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

हिरो वुमन्स गोल्डकप : भारत विरुद्ध नेपालको ऐतिहासिक जित, साम्बाको दुई गोल



पहिलोपोस्ट

हिरो वुमन्स गोल्डकप : भारत विरुद्ध नेपालको ऐतिहासिक जित, साम्बाको दुई गोल
PHOTO : ANFA

काठमाडौँ : सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। भारतमा भइरहेको हिरो वुमन्स गोल्डकप अन्तर्गत सोमवारको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई २-१ ले पराजित गरेको हो।

नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक हो। साफ च्याम्पियनसिपमा नेपालको लागि भारत जहिल्यै तगारो बन्ने गरेको छ। आगामी मार्चमा नेपालमै हुने साफ महिला च्याम्पियनसिपको तयारीको रुपमा भइरहेको प्रतियोगितामा भने नेपालले भारतलाई उसैको घरेलु भूमिमा हार चखायो।भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा नेपालको लागि सावित्राले खेलको पाँचौ र सातौँ मिनेटमा गोल गर्दै १० मिनेटभित्र नै नेपाललाई २-० को अग्रता दिलाएकी थिइन। त्यसपछि दबाबमा परेको भारतले गोल पर्काउन ८४औँ मनेटसम्म कुर्नुपर्‍यो। भारतका लागि रतनमाला देवीले फ्रिकिकमार्फत गोल गरेकी हुन्।

 

गत वर्ष नोभेम्वरमा म्यानमारमा भएको टोकियो ओलम्पिक छनोट अन्तर्गत एसिया छनोटमा नेपालले भारत विरुद्ध अग्रता लिएर पनि बराबरी खेलेको हो।

चार राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपालले भारत विरुद्ध जितपछि फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

लगातार दुई खेल जितेको म्यानमार ६ अंकसहित शीर्ष स्थानमा छ। दुई खेलपछि नेपाल र भारतको समान ३ अंक छ। लगातार दुई खेल हारेको इरान भने अंकविहिन छ। नेपालले अब बुधवार इरानसँग अन्तिम लिग खेल खेल्नेछ। उक्त खेलमा नेपाल विजयी भंएमा र म्यानमारले पनि भारतलाई पराजित गरेमा नेपाल फाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell