PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

वर्षा र संजोगले गरे इन्गेजमेन्ट, प्रेम दिवसका दिन बिहे



पहिलोपोस्ट

वर्षा र संजोगले गरे इन्गेजमेन्ट, प्रेम दिवसका दिन बिहे

काठमाडौं: लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सोमबार इन्गेजमेन्ट गरेका छन्।

प्रेम दिवसका दिन अर्थात फ्रेब्रुअरी १४ तारिखमा बिहे गर्ने तयारीमा रहेका उनीहरुले सामाजिक सञ्जालमा इन्गेज्मेन्टका तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक गर्दै उनीहरुले लेखेका छन् 'सबै कथाहरु राम्रा छन् तर, हाम्रो कथा चाहीँ मेरो मनपर्ने हो।'

केहीदिनअघि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा बिहेको कार्डसमेत सार्वजनिक गरेका थिए।

वर्षाले 'नाईं नभन्नु ल ४'बाट फिल्ममा डेब्यू गरेकी हुन्। पछिल्लो समय वर्षा र संजोगले 'छक्का पञ्जा ३'मा एकसाथ अभिनय गरेका थिए। संजोगले हालै 'कथा काठमाडौं'मा अभिनय पनि गरेका थिए।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell