PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डीपीएल : भुवन कार्कीको ४ विकेट र पटेलको अलराउण्ड प्रदर्शनमा अत्तरियाको रोमाञ्चक जित, धनगढीको दोस्रो हार



पहिलोपोस्ट

डीपीएल : भुवन कार्कीको ४ विकेट  र पटेलको अलराउण्ड प्रदर्शनमा अत्तरियाको रोमाञ्चक जित, धनगढीको दोस्रो हार

स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि सिवाइसी अत्तरियाले ९५ रनको स्कोर पनि डिफेण्ड गर्दै धनगढी प्रिमियर लिग मा जित हात पारेको छ।

अत्तरियाले मंगलवार धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको हो। उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढीको यो लगातार दोस्रो हार हो।

फाप्ला मैदानमा ९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। राजु रिजाले नटआउट २६ रन बनाएपनि धनगढीलाई जिताउन सकेनन्।

'लो स्कोरिङ' म्याचमा अत्तरियालाई विजयी बनाउन स्पिनरहरु हावी बने। अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। कप्तान दिपेन्द्र ऐरीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए भने युवा खेलाडी दिपेन्दर रावतले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विके६ गुमाएर ९६ रन बनाएको थियो।

अत्तरियाका लागि सन्नी पटेलले २८ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा नटबउट ३५ रन बनाए। ओपनर जयकिसन कोल्सावाले २१ रन जोडे।

धनगढीका रोहन मुस्ताफाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने विपिन खत्रीले ४ ओभरमा १० रन मात्र खर्चेर १ विकेट लिए। यस्तै सोमपाल कामी र अमिर हायतले पनि १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell