PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपालको यू-२१ फुटबल टिमले भारतको क्षेत्रिय प्रतियोगिता खेल्ने, टोली घोषणा



पहिलोपोस्ट

नेपालको यू-२१ फुटबल टिमले भारतको क्षेत्रिय प्रतियोगिता खेल्ने, टोली घोषणा

काठमाडौँ : नेपालको यू-२१  फुटबल टिमले भारतमा हुने क्षेत्रिय प्रतियोगिता खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली युवा टिमले डक्टर टि एओ सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप खेल्न लागेको हो।

उक्त च्याम्पियनसिपका लागि नेपालले एन्फाले २० सदस्यीय टोली मंगलवार घोषणा गरेको छ। यस्तै मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ छन् भने सल्यान खड्गी सहायक प्रशिक्षक र छ्न्नुराम चौधरी गोलकिपिङ प्रशिक्षक छन्।

प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म भारतको गुवाहटीमा हुनेछ।

 

नेपाली टोली:

गोलकिपर : सोजित गुरुङ, विष्णु कुमार केसी, सूर्य अधिकारी

डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ

मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी

फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रेजन तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell