PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

इंग्ल्याण्डले एक पटक मात्र विश्वकप जित्दाका गोलिकपर गोर्डन ब्याङ्कसको निधन



पहिलोपोस्ट

इंग्ल्याण्डले एक पटक मात्र विश्वकप जित्दाका गोलिकपर गोर्डन ब्याङ्कसको निधन

विश्वकप फुटबल विजेता इंग्लिस गोलकिपर गोर्डन ब्याङ्सको ८१ वर्षको उमेरमा निधन भएको छ।

गोर्डनको सोमवार राती निधन भएको उनले परिवनरले पुष्टी गरेको बीबीसीले जनाएको छ।

इंग्ल्याण्डले सन् १९६६ मा विश्व कप ट्रफी जित्दा ब्याङ्स गोलकिपर थिए। उनले उक्त विश्वकपमा उत्कृष्ट प्रदर्शन समेत गरेका थिए। ब्याङ्कसलाई इंग्ल्याण्डले पाएको मध्ये उत्कृष्ट गोलकिपर समेत मानिन्छ।

६ पटक 'फिफा गोलकिपर अफ दि इअर' चुनिएका उनले इंग्ल्याण्डका लागि ७३ खेल खेलेका थिए।

ब्याङ्सले सन् १९७० को विश्वकपमा फुटबलका राजा मानिने ब्राजिलका पेलेको हेडरको उत्कृष्ट बचाउ गरेका थिए।

उनले १९६६ मा विश्कप जित्दा जम्मा तीन गोल मात्र खाएका थिए। सेमिफाइनलमा पोर्चुगलका युसुबियोले पेनाल्टीमा गोल गरेका थिए भने फाइनलमा पश्चिम जर्मनी विरुद्ध दुई गोल खाएका थिए।

उक्त विश्व कपमा ब्याङ्ससँगै खेलेका सर बबी चार्ल्टनले ब्याङ्स इंग्ल्याण्डको उत्कृष्ट गोलकिपर भएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell