PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भेट्रान बास्केटबल : प्रशान्त ताम्राकारले ठमेल युनाइटेडबाट खेल्ने



पहिलोपोस्ट

भेट्रान बास्केटबल : प्रशान्त ताम्राकारले ठमेल युनाइटेडबाट खेल्ने

काठमाडौँ : गण्डकी प्रदेशको सदरमुकाम पोखरामा हरेक वर्ष आयोजना हुने तेस्रो कुँवर ब्रदर्श एन्ड सन्स राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको लागि ठमेल युनाइटेडले टोली घोषणा गरेको छ।

बुधबार पोखरा प्रस्थान गर्ने टोलीलाई मंगलवार बिदाई गरिएको छ।

अर्जुन लाल प्रधानको कप्तानीमा रहेको ठमेल युनाइटेडको टोलीमा मोडल तथा नायक प्रशान्त ताम्राकारले पनि खेल्नेछन्। अर्जुन र प्रशान्त सँगै टिममा विपीन कपाली, कर्मा गुरुङ, विपेन्द महर्जन, अनिल महर्जन, विनोद गुरुङ, ओम चन्द्र घले, नरेन्द्र श्रेष्ठ र शैलेश श्रेष्ठ छन्। प्रशिक्षकमा फणिन्द्र श्रेष्ठ र व्यवस्थापकमा सन्जीव मान प्रधान रहेका छन्।

पुन सोसाइटीको आयोजनामा हुने तेस्रो संस्करणको प्रतियोगिता फागुन २ गतेबाट ४ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने छ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रूपैयासहित कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रूपैया हात पार्नेछ।

प्रतियोगिताको अनुशासित टोली, सर्वोत्कृष्ट खेलाडी,  र सर्वाधिक स्कोरकर्ताले विशेष पुरस्कार प्राप्त गर्नेछ। ठमेल युनाइटेड समूह अघिल्लो दुवै संस्करणको विजेता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell