PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बी डिभिजन लिग : दुवै खेल बराबर



पहिलोपोस्ट

बी डिभिजन लिग : दुवै खेल बराबर

काठमाडौँ : बी डिभिजन लिग अन्तर्गत मंगलवार भएको दुवै खेल बराबरीमा सकिएको छ।

दिनको पहिलो खेलमा बाँसबारी युथ क्लब र टुसाल युथ क्लबले २-२ गोलको बराबरी खेले। दुई गोललले पछि परेको अवस्थामा टुसालले पुनरागमन गर्दै दुई गोल फर्काएर खेल बराबरी गरेको हो।

अनुज भण्डारीले ११औँ र सुजन लिम्बुले १४औँ मिनेटमा गोल गर्दै बाँसबारीलाई सुरुमै २-० को अग्रता दिलाएको थियो।

२४औँ मिनेटमा टुसालका लागि युवराज ढकालले पहिलो गोल गरे भने इन्जुरी टाइमको पहिलो मिनेटमा मनिस सेढाईँले गोल गरेपछि टुसाल अंक खोस्न सफल भयो।

यस्तै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र नयाँबस्तु युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell