PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड घरेलु मैदानमै पिएसजीसँग पराजित



पहिलोपोस्ट

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड घरेलु मैदानमै पिएसजीसँग पराजित
PHOTO : UEFA

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ।

मुख्य खेलाडी नेमार र एडिनसन कभानीबिनै खेलेको पीएसजीले युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गर्‍यो।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपनि दोस्रो हाफमा फ्रेन्च क्लबले दुई गोल गर्‍यो।

प्रेसनेल किम्पेम्बेले ५३औँ र किलिएन एम्बाप्पेले ६०औँ मिनेटमा गोल गरेका गिए।

८९औँ मिनेटमा पउल पोग्वा रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

नयाँ केयरटेकर म्यानेजर ओले गनर सोल्सायरले क्लब सम्हालेपछि युनाइटेडले बेहोरेको यो पहिलो हार समेत हो।

यस्तै अन्तिम १६ कै अर्को खेलमा इटालियन क्लब एएस रोमाले पोर्चुगिज क्लब पोर्टोलाई २-१ ले पराजित गरेको छ।

रोमालाई घरेलु मैदानमा जित दिलाउन निकोलो जानिओलोले ७०औँ र ७६औँ मिनेटमा गोल गरे। पोर्टोका लागि एड्रिएन लोपेजले ७९औँ मिनेटमा गोल फर्काए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell