PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

१२ एसपीको सरुवाः महाशाखामा केदार ढकाल, निर्मला प्रकरणको अनुसन्धान गरिरहेका कठायत पहरा गणमा



पहिलोपोस्ट

१२ एसपीको सरुवाः महाशाखामा केदार ढकाल, निर्मला प्रकरणको अनुसन्धान गरिरहेका कठायत पहरा गणमा

काठमाडौँः नेपाल प्रहरीले १२ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालको सरुवा भएको छ। महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले बढुवामा छुटेपछि असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिएपछि एसपीको ठाँउ खाली थियो।

एसपी ढकाल यसअघि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपका कार्यारत थिए। जिल्ला प्रहरी कार्यालमा झापा एसपी दिनेश मैनालीलाई पठाइएको छ। यसअघि एसपी भीम ढाकाल झापामा कार्यारत थिए। एसपी ढकाल एसएपी बढुवामा सिफारिस परिसकेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेर निर्माला प्रकरणको अनुसन्धान गरिरहेका एसपी कुबेर बहादुर कठायतको पनि काज सरुवा भएको छ। एसपी कठायत पहरा गणमा आएका छन्। कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी एसपी दिनेश आचार्यलाई दिइएको छ। सर्लाहीमा एसपी गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेशकुमार सिंह, बागलुङमा कृष्णहरि शर्मा पोखरेल, रौतहटमा भुपेन्द्र खत्रीको काज सरुवा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell