PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

'एट माइल'को कपी 'गल्ली बोई'?



पहिलोपोस्ट

'एट माइल'को कपी 'गल्ली बोई'?

रणवीर सिंह र आलिया भट्ट अभिनित बलिउड फिल्म 'गल्ली बोई'लाई हलिउड फिल्म 'एट माइल'को कपी गरेको आरोप लागेको छ।

भोलिबाट प्रदर्शनमा आउने 'गल्ली बोई' लाई प्रदर्शन अगावै बर्लिन फिल्म फेस्टिभलमा देखाइएको थियो। फिल्म हेरेपछि दर्शकले निर्माण टिमलाई फिल्म कपीको आरोप लगाएका थिए।

चर्चित र्‍यापर एमिनिनेमले 'एट माइल'मा मुख्य भुमिका निभाएका छन्। 'गल्ली बोई'मा भने रणवीर र्‍यापरको मुख्य भूमिकामा छ।

चोरीको आरोप लागेपछि 'गल्ली बोइ' की निर्देशक जोया अख्तरले फिल्म कपी नभइ 'एट माइल'बाट प्रभावित रहेको बताएकी थिइन्। 'एट माइल' र्‍यापरहरु सम्बन्धी भए पनि 'गल्ली बोई' भारतीय परिवेशको हुर्केका 'अन्डर ग्राउन्ड र्‍यापर' हरुको कथामा आधारित रहेको उनले स्पष्ट पारेकी थिइन्।

भारतमा अन्डरग्राउन्ड र्‍यापरहरुमा चर्चित मानिएका र्‍यापर डिभाइनको जीवनमा पनि अधारित रहेको बताइएको थियो। डिभाइनले नै गाएको 'गल्ली'नाम गरेको गीतबाट प्रभावित हुँदै फिल्मको नाम 'गल्ली बोइ' राखिएको बताइएको थियो।  

अख्तरले 'जिन्दगी मिलेङ्गी ना दुबारा'लाई 'द ह्याङ्ओभर'को कपी गरेको आरोप लागेको तर फिल्म वास्तिकतामा अर्के रहेको' उदाहरण दिँदै 'गल्ली बोई'बारे स्पस्टीकरण दिएकी थिइन्। 'दिल धड्कने दो'पछि जोयासँग रणवीरको यो दोस्रो फिल्म हो।

फिल्म फ्रेब्रुअरी १४ मा प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell