PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

धुम्बाराहीमा जनयुद्ध दिवस: पूर्व माओवादीको बाक्लो जमघट, पूर्व एमालेको उपस्थिति न्यून

धुम्बाराहीमा जनयुद्ध दिवस: पूर्व माओवादीको बाक्लो जमघट, पूर्व एमालेको उपस्थिति न्यून

विधुर ढकाल/पहिलोपोस्ट


काठमाडौं: आज जनयुद्ध दिवस। यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी(ने क पा)ले धुम्बराहीको पार्टी कार्यालयमा 'जनयुद्ध'को स्मृतिमा 'जनयुद्ध' दिवस कार्यक्रम हुँदैछ। पूर्व एमालेको मुख्यालयसमेत रहेको कार्यक्रमस्थलमा पूर्व माओवादीको उपस्थिति बाक्लो रहेको छ भने पूर्व एमाले नेताहरु कम मात्रमा उपस्थित छन्।

कार्यक्रममा पूर्व एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत छन् भने दर्शकदीर्घामा पूर्व माओवादी तर्फका सांसदहरू उपस्थित छन्। 

महासचिव पौडेलबाहेक पूर्व एमालेका सचिवालयका अरु नेता नै कार्यक्रमस्थलमा सहभागी भएनन्। कार्यक्रममा माधव नेपाल, झलनाथ खनालदेखि वामदेव गौतमसम्म आइपुगेनन्। 

 



ट्रेन्डिङ पोस्ट

Ncell