PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डीपीएल : अंकित देबासको अलराउण्ड प्रदर्शनमा काठमाडौँको लगातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार



पहिलोपोस्ट

डीपीएल : अंकित देबासको अलराउण्ड प्रदर्शनमा काठमाडौँको लगातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार
photo : dca

भारतीय खेलाडी अंकित देबासले अलराउण्ड प्रदर्शन गरेपछि काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग डीपीएलमा लगातार दोस्रो जित हात पारेको छ।

काठमाडौँले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको हो। काठमाडौँको रोमाञ्चक जितमा देबासले नटआउट ६५ रन बनाउनुका साथै २ विकेट समेत लिए।

काठमाडौद्ये दिएको १३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो।

अमर सिंह राउटेलाले नटबउट २८ रन बनाएपनि जित दिलाउन सकेनन्। २७ बल खेलेका राउटेलाले २ चौका प्रहार गरे। यस्तै कप्तान शरद भेषावकरले २३ र आरिफ शेखले १८ रन बनाए।

बलिङमा काठमाडौँका रसिद खानले ४ ओभरमा १७ रन मात्र खर्चेर ३ विकेट लिए। यसत् अंकित देबासले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले देबासकै अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १३४ रन बनाएको थियो। दोस्रो ओभरमै दुवै ओपनरलाई गुमाएको काठमाडौँको इनिङ्स देबासले नै सम्हालेका थिए। देबासले ५५ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए। देबास र योगेन्द्र सिंह कार्कीले छैटौँ विकेटका लागि नटआउट ७६ रनको साझेदारी गरेका थिए।

योगेन्द्रले १४ बल खेल्दै १ चौका र १ छक्काको मद्दतमा नटआउट २२ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले १४ तथा महेबुब आलमले १३ रन जोडे।

बलिङमा महेन्द्रनगरका अमरले २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell