PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रोजगार कार्यक्रम उद्घाटन गर्दै प्रम ओलीले भने: भैसी मर्ला र खाउँला भन्ने जीव भन्दैहोला, 'आज कुन दिन देख्नुपर्‍यो नि!'



रोजन श्रेष्ठ

रोजगार कार्यक्रम उद्घाटन गर्दै प्रम ओलीले भने: भैसी मर्ला र खाउँला भन्ने जीव भन्दैहोला, 'आज कुन दिन देख्नुपर्‍यो नि!'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले 'प्रधानमन्त्री रोजगार कार्यक्रम' उद्घाटन गर्दै नेपाली जनताले यही दिन देख्न चाहेको बताएका छन्।
 
बुधवार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुमतको सरकारले नेपाली जनताले चाहेको काम पुरा गर्न थालेको बताए। केही तत्वले भने यस्तो दिन देख्न नचाहेको प्रधानमन्त्रीको आरोप थियो।

ओलीले भने, 'एउटा भैसी हेरेर एउटा जीवले भन्छ, मरेदेखि खान्थे। हेर्दाहेर्दै भैसी ब्यायो। दुध पनि दियो। पाडी पनि पायो। मर्ला र खाला भन्ने जीवले भन्छ-त्यही दिन देख्नका लागि बाच्या थे। आज कुन दिन देख्नुपर्‍यो?'

भैसी, भैसीका पाडा र भैसी पाल्नेका लागि भने त्यही दिन राम्रो हुने उल्लेख गर्दै प्रम ओलीले नेपाली जनता पनि यही दिन देख्नका लागि हो भएको बताए। 

प्रम ओलीले भने, 'नेपाली जनताले आफैले बनाएको संविधान देख्न खोजेको हो। नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र देख्न खोजेको हो। समावेशी लोकतन्त्र, समानुपातिक लोकतन्त्र, महिलाहरु अघि बढेको लोकतन्त्र, जनताले छानेका निकायहरु जनताले छानेको बहुमतको सरकार, त्यसअनुसारको गतिशिल सरकार नेपाली जनताले खोजेको हो। जसबाट नेपाल सुशासनतर्फ अघि बढ्यो।'

सरकारले अब प्रत्येक फागुन १ गते श्रम दिवस र रोजगारी दिवसका रुपमा मनाइने उल्लेख गर्दै ओलीले विदेशसँग कुनै कार्ड प्रयोग नगरेकोसमेत बताए। असन्तुष्टि फैलाउने र भ्रम फिजाउँने काम आग्रगमनको पक्षमा नभएको उनको भनाई थियो। देश विकासको बाटोमा लम्केको उल्लेख गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने दाबी प्रधानमन्त्रीले गरे। ओलीले नेपालमा गरिबि र बेरोजगारी रहन नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell