PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

वाग्लेको ‘कोरियाना कफी गफ’ बिहीबारदेखि बजारमा



पहिलोपोस्ट

वाग्लेको ‘कोरियाना कफी गफ’ बिहीबारदेखि बजारमा

काठमाडौं : पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफी गफ’ बिहीवारदेखि बजारमा उपलब्ध हुने बताइएको छ। वाग्लेको यो तेश्रो कृति हो। यसअघि उनका पल्पसा क्याफे र मयुर टाइम्स उपन्यास प्रकाशित छन्।

वाग्लेले यो पुस्तक समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित रहेको बताएका छन्। यो पूर्व प्रकाशित कफी गफहरुको संग्रह नभइ केही समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेका हुन्। पुस्तक बारे उनले भनेका छन्, 'गैर आख्यान भएता पनि यसमा उपन्यासका पाठकहरुले आख्यानको आनन्द पनि पाउन सक्छन्।'

वाग्लेको पहिलो उपन्यास ‘पल्पसा क्याफे’ ल्याएको नेपालयले नै यो कृति पनि बजारमा ल्याएको हो। मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell