PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

क्रिकेट खेलाडी संघले अवार्ड गर्ने, पाँच विधामा अवार्ड प्रदान गरिने



पहिलोपोस्ट

क्रिकेट खेलाडी संघले अवार्ड गर्ने, पाँच विधामा अवार्ड प्रदान गरिने

काठमाडौँ : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले क्रिकेट अवार्ड आयोजना गर्ने भएको छ।

एनसिसिएससँगको सहकार्यमा यही फागुन २१ गते एनसिसिएस-सिप्यान क्रिकेट अवार्ड आयोजना गरिने सिप्यानले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।

पहिलो पटक हुन लागेको अवार्डमा विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिनेछ।

जसअन्तर्गत पुरुष र महिला वर्ष खेलाडी, वर्षको उदाउँदो क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड छन्।

वर्षको उत्कृष्ट खेलाडी पुरुषलाई नगद १ लाख ३२ हजार प्रदान गरिने र अन्य विभाको विजेतालाई समान ६६ हजार प्रदान गरिने सिप्यानको अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिए। पुरस्कार राशी २५ प्रतिशत करसहित जोडेर राखिएको छ।

वर्षको उत्कृष्ट क्षणको लागि सफ्टवेयर बनाएर अनलाइन भोटिङ सुरु गरिने र तेयसमा धेरै भोट आउनेले अवार्ड जित्ने सिप्यानले जनाएको छ।

पाण्डेले पछिल्लो पटक अन्तराष्ट्रिय स्तरमा पुरुष क्रिकेटको गतिविधि बढि रहेकोले पुरुषको हकमा बढी पुरस्कार रकम राखिएको र आगामी दिनमा महिलाको लागि पनि समान पुरस्कार राख्ने जानकारी दिए।

पहिलो पटक हुन लागेको सिप्यान अवार्डलाई शिक्षा क्षेत्रमा काम गर्दै आएको एनसिसिएसले प्रायोजन गरेको छ। बुधवारै सिप्यानको अध्यक्ष पाण्डे र एनसिसिएसका शंकर राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार यस पटक अवार्डको नगद पुरस्कारदेखि कार्यक्रम आयोजना सम्मको सम्पूर्ण खर्च एनसिसिएसले नै बेहोर्ने सिप्याननका महासचिव तथा राष्ट्रिय टिमका कप्तान पारस खड्काले जानकारी दिए।

पछिल्लो पटक नेपालले ओडिआई स्ट्याटस प्राप्त गरेपछि नेपालमा क्रिकेटको माहोल बढिरहेको छ। नेपाली क्रिकेटको सर्वोच्च नियका क्यान आइसीसीको निलम्वनमा रहेपनि नेपालले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलिरहेको छ। केही समयअघि मात्र नेपालले युएई विरुद्ध ओडिआई र टी २०आई सिरिज जितेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell