PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डीपीएल : करण केसी र अभिनास यादवले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगरको पहिलो जित, धनगढीको लगातार तेस्रो हार



पहिलोपोस्ट

डीपीएल : करण केसी र अभिनास यादवले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगरको पहिलो जित, धनगढीको लगातार तेस्रो हार

पहिलो पटक फ्रेन्चाइज लिगको कप्तानी गरिरहेका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई धनगढी प्रिमियर लिग डीपीएलमा पहिलो जित दिलाए। करण र भारीय खेलाडी अभिनाश यादवले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंगसले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको हो।

विराटनगरको स्कोर उकास्न ब्याटिङमा मद्दत गरेका करण र अभिनाश दुवैले बलिङमा ४-४ विकेट लिए।

उता सावित विजेता धनगढी भने लगातार तेस्रो हारपछि लिग चरणबाटै बाहिरिने खतरा बढेको छ। उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढी दोस्रो खेलमा सिवाइसी अत्तरियासँग पराजित भएको थियो।

बुधवार फाप्ला मैदानमा विराटनगरले दिएको १०४ रनको लक्ष्य पछ्याएको धनगढी १९ ओभरमा ८२ रनमै अलआउट भएको थियो।

धनगढीका लागि सन्दिप रजलीले ३४ र राजु रिजालले १५ रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। रजालीले ३६ बल खेल्दै ४ चौका प्रहार गरेका थिए।

धनगढीलाई अलआउट गर्न विराटनगरका अभिनाशले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै करण केसीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट नै लिए। सुशन भारीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो। विराटनगरका लागि अभिनाशले २७ र करणले २१ रन बनाए। यस्तै आसिफ शेखले १२ तथा सांसद शेखले ११ रन जोडे।

धनगढीका कप्तान सोमपाल कामीले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। यस्तै विपिन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। एक ओभर मात्र बलिङ गरेका रोविन क्षेत्रीले ३ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell