PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

अन्तर्राष्ट्रिय बडिबिल्डिङको तयारी पूरा, विदेशी खेलाडी आउने क्रम जारी



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय बडिबिल्डिङको तयारी पूरा, विदेशी खेलाडी आउने क्रम जारी

काठमाडौँ : नेपालमा पहिलो पटक हुन लागेको 'आइएफबिबि फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप-२०१९' (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पुरा भएको आयोजक आइएफबिबि लिग नेपालले जनाएको छ।

यही शुक्रवार र शनिवार आयोजना हुने उक्त अन्तर्राष्ट्रिय स्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीहरु समेत आउने क्रम जारी रहेको आयोजकले जनाएको छ।

बुधवार भएको पत्रकार सम्मेलनमा दुई अन्तर्राष्ट्रि जज ब्रायन बोन्डे र स्टिम बोन्डे उपस्थि थिए। दुवै डेनमार्कबाट ऐएका हुन्।

यस्तै गेष्ट पोजरको रुपमा आउने लागेको 'डच विस्ट' रोली विङ्कलर पनि भोली नेपाल आइपुग्ने आयोजक संस्थाका अध्यक्ष सानु गुरुङले जानकारी दिए।

उनका अनुसार शुक्रवार सम्पूर्ण खेलाडीको नाम र तौल समूह सार्वजनिक गरिनेछ। त्यस्तै शनिवार प्रि जजिङ र फाइनल राउण्ड आयोजना हुनेछ।

गुरुङले अहिलेसम्म १५ देशका खेलाडीले नाम दर्ता गरिसकेको र अरु खेलाडीले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको बताए। यस्तै नेपाली खेलाडीहरुको नाम पनि शुक्रवार नै तय हुने उनले जानकारी दिए।

प्रो क्वालिफायरमा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र वुमन पिजिक गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

चार इभेन्टको विजेताले प्रो कार्ड पाउनेछन् र अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउने आयोजकले जनाएको छ।

च्याम्पियनसिपका ५० देखि ६० खेलाडीले भाग लिने आयोजक संस्थाका अध्यक्ष सानु गुरुङले बताए।

करिब दुई करोड बजेट रहेको च्याम्पियनसिपका लागि राष्ट्रिय खेलकुदले सहयोग गर्ने मौखिक सहमति भएको र बाँकी अन्य प्रायोजकहरुबाट सहयोग हुने सानु गुरुङले बताए। भिजिट नेपाल २०२० ले च्याम्पियसिपको प्रबर्दध गर्ने र यसबाट नेपाल भ्रमण वर्षको बारेमा प्रचार गर्न सहयोग हुने आयोजकको विश्वास छ।

यस्तै प्रज्ञा भवनस्थित एकेडेमी हलमा बयोजना हुने च्याम्पियनसिपका लागि तीन खाले टिकटदर व्यवस्था गरिएको छ। गुरुङका अनुसार खेल हेर्न १० हजार, ५ हजार र ३ हजार दरका टिकट राखिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell