PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

हिरो वुमन्स गोल्डकप : इरानमाथि नेपालको शानदार जित, फाइनल पुग्न भारत-म्यानमार खेलको नतिजा कुर्नुपर्ने



पहिलोपोस्ट

हिरो वुमन्स गोल्डकप : इरानमाथि नेपालको शानदार जित, फाइनल पुग्न भारत-म्यानमार खेलको नतिजा कुर्नुपर्ने
गोलकर्ता अनिता बस्नेत र सावित्रा भण्डारी, PHOTO : ANFA

काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्ड कप फुटबलमा नेपालले इरानलाई ३-० ले पराजित गरेको छ।

उडिसास्थित कालिङ्गा रंगशालामा बुधवार भएको खेलमा नेपाललाई शानदार जित दिलाउन सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले १ गोल गरिन्।

पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो। सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको हो।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा इरान भने सबै तीन खेल हार्दै अंकविहिन बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell