काठमाडौँ : म्याग्दीमा बुधबार बेलुकी भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुकी ५ बजेर २० मिनेटको समयमा म्याग्दीको कुइनेमङ्गले भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.३ म्याग्निच्यूड मापन गरिएको छ।