PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

दिदीबहिनी कप महिला भलिबल : एपीएफले जित्यो उपाधि,सरस्वती सर्वोकृष्ट खेलाडी



पहिलोपोस्ट

दिदीबहिनी कप महिला भलिबल : एपीएफले जित्यो उपाधि,सरस्वती सर्वोकृष्ट खेलाडी

पर्वत : दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जितेको छ।

बुधवार भएको फाइनलमा विभागीय टोली एपीएफले होङगान्जी न्युडायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोश्रो पटक च्याम्पियन बनेको हो।

पर्बतको कुश्मा बजारमा भएको फाईनल खेलमा एपीएफले होङगान्जी न्युडायमण्डमाथी २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो। यस सिजन एपीएफले जितेको यो नवौँ उपाधि हो।

एपीएफका कोच ज्ञानेन्द्र बिष्टले स्पाईकर र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेका कारण खेल जित्न सफल भएको बताए। बिष्टले तेश्रो सेट रिसिभ कमजोर भएका करण गुमाउनु परेको प्रतिक्रिया दिए। एपीएफले यो सिजनमा खेलेका १० प्रतियोगिता मध्ये ९ पटक उपाधि जितेको छ भने एभिएलमा चितवर्न टाईग्रर्ससग फाईनलमा पराजित भएको थियो।

न्युडायमण्डका प्रशिक्षक कुमार राईले सबै पक्षमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिदै भने– 'हामीले कडा प्रतिस्पर्धाका बीच सेट गुमाएका छौं, उत्कृष्ट प्रदर्शनका बाजुद मेहनतलाई नतिजा परिणत गर्न सकेनौ। नयाँ सेटरको सोझो खेलमा खेल्दै छौं, ब्लक पनि हाम्रो कमजोडी हो। सेटरको अनुभव बढदै जादा अवश्य नतिजा पनि हाम्रो पक्षमा आउने छ।'

च्याम्पियन एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भइन्। उनले उत्कृष्ट ट्रफिका साथ नगद १० हजार प्राप्त गरिन्।

ब्यक्तिगत विधामा भने न्युडायमण्डकझ वर्तस्व रह्यो। न्युडायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाईकर,अनिसा सुनुवार उत्कृष्ट सेटर,सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स,कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर चुनिए। प्रतियोगिताको उत्कृष्ट कोचको उपाधि एपीएफका ज्ञानेन्द्र बिष्टले जिते। उत्कृष्टले नगद ५-५ हजार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell