काठमाडौँः हरेक नागरिकलाई जलविद्युतमा सेयर लगानी गर्ने अवसरसहित सरकारले जनताको जलविद्युत आयोजना कार्यक्रम आजदेखि घोषणा गर्दैछ। ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयरधनी’ नारा दिइएको कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमबीच सुरुवात गर्दैछन्।
उर्जा मन्त्रालयले कार्यक्रमको सम्पूर्ण तयार पूरा भइसकेको जनाएको छ।
सर्वसाधरणलाई एक खर्बभन्दा बढीको सेयरमा लगानीको अवसरसहित कार्यक्रम लागू गर्न लागिएको हो। यसअघि तत्कालीन उर्जामन्त्री जनार्दशन शर्माले यो कार्यक्रम सुरुवाताको प्रयास गर्दै सर्वसाधरणसँग लगानीको प्रतिवद्धता समेत खोजेका थिए। नीतिगत रुपमा भने योजना कार्यान्वयनमा आएको थिएन।
स्वदेशी लगानी परिचालन गरी जलविद्युत आयोजना निर्माण गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। १९ वटा जलविद्युत आयोजना जनाको पैसाबाटै निर्माण गर्ने लक्ष्यसहित मन्त्रालयले आयोजना छनोट गरेको छ। जसमा तीन हजार सात सय मेघावाटभन्दा बढी विद्युत उत्पादनको लक्ष्य सरकारको छ।