PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

च्याम्पियन्स लिग : घरेलु मैदानमा टोटनहमको शानदार जित, रियल मड्रिड भाग्यमानी



पहिलोपोस्ट

च्याम्पियन्स लिग : घरेलु मैदानमा टोटनहमको शानदार जित, रियल मड्रिड भाग्यमानी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको अन्तिम १६ को खेलमा टोटनहम हट्सपर र रियल मड्रिड विजयी भएको छ।

इंग्लिस क्लब टोटनहमले दोस्रो हाफमा तीन गोल गर्दै जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३-० ले हरायो। भिएआर गोलले मान्यता नपाउँदा अयाक्सले ३रेलु मैदानमा रियल मड्रिडसँग २-१ को हार बेहोर्‍यो।

ह्यारी केन, डेली अली जस्ता खेलाडी चोटका कारण बाहिर रहेपनि घरेलु मैदान वेम्लीमा टोटनहमले शानदार जित हासिल गर्दै अवे लिगका लागि सहज स्थित तय गरेको हो। खेलको ४७औँ मिनेटमा हेउन मिन सनको गोल मार्फत अग्रता बनाएको टोटनहमले अन्तिम सात मिनेटभित्र दुई गोल थप्यो। ८३औँ मिनेटमा जन भर्टोङ्गन र ८६औँ मिनेटमा फर्नान्डो लोरेन्टले गोल गरे।

यसैगरी रियल र अयाक्सबीचको खेलमा पनि सबै गोल दोस्रो हाफमै भएको थियो। तर निकोलस ट्याग्लिएफिकोले पहिलो हाफमा गरेको हेडर गोल भिएआर टेक्नोलोजीमार्फत रुल्डआउट भएपछि अयाक्सले घरेलु मैदानमा अग्रता लिने मौका गुमायो।

च्याम्पियन्स लिगमा यसै सिजनको नकआउट राउण्डदेखि भिएआरको प्रयोग गरिएको हो। तर त्यसको पहिलो शिकार नै अयाक्स बन्यो।

अयाक्सको घरेलु मैदान योहान क्रुफ एरेनामा करिम बेन्जामाले ६०औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए। ७५औँ मिनेटमा हाकिम जियाचले बराबरी गोल गर्दै अयाक्सलाई खेलमा फर्काएका थिए। तर खेल सकिन तीन मिनेट अगाडी वैकल्पिक खेलाडी मार्को एसेन्सिओले गोल गर्दै रियललाई जित दिलाए।

यस्तै रियलका कप्तान सर्गियो रामोसले यसै खेलपछि सबै खाले प्रतियोगितामा गरेर रियलका लागि ६ सयौँ खेल पूरा गरे।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell