
काठमाडौं: वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका उपलब्धिको समीक्षा गर्दै सम्बोधन गर्ने भएका छन्।
बिहीबार दिउँसो ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडि प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ।
सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेका छन्।