PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाको लगातार दोस्रो जित



पहिलोपोस्ट

डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाको लगातार दोस्रो जित

कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनुका साथै २ विकेट समेत लिएको खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै धनगढी प्रिमियर लिग डीपीएलमा दोस्रो जित हात पारेको छ।

रुपन्देहीलाई बिहीवार ३९ रनले पराजित गरेपछि २ खेलबाट ४ अंक जोडेको अत्तरिया रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा समेत उक्लेको छ। अत्तरियाले पहिलो खेलमा धनगढी स्टार्सलाई पराजित गरेको थियो। सुरुको दुई खेल जितेको रुपन्देहीको भने यो पहिलो हार हो।

अत्तरियाको जितका दिपेन्द्रले कप्तानी इनिङ्स खेल्दै ६७ रन बनाए भने २ मह्तवपूर्ण विकेट लिए।

दिपेन्द्रकै अर्धशतमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनाएको थियो। १६ रन हुँदा दुवै ओपनरलाई गुमाएको अखत्तरियका लागि दिपेन्द्रले रित गौतमसँग मिलेर तेस्रो विकेटका लागि ५७ रनको साजेदारी गरेका थिए। दिपेन्द्रले ५० बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे। यस्तै सुबेन्दु पाण्डे, रित गौतम र सन्नी पटेलले १२-१२ रन जोडे।

रुपन्देहीका ललित भण्डारीले ४ ओभरमा २३ रन रख्चेर ३ विकेट लिए। विक्रम सोबले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए।

१२१ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो। रुपन्देहीका लागि सुमित महर्जनले नटआउट २२ रन बनाए। भने सन्दिप सुनारले १५ तथा प्रदिप भरी र विक्रम सोवले समान १४ रन बनाए।

बलिङमा अत्तरियाका लागि स्पिनरहरुले उत्कृष्ट प्रद्शन गरे। सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावत चारै जना स्पिनरले २-२ विकेट लिए।

किफायती बलिङ गरेका दिपेन्द्र रातवले ४ ओभरमा ९ रन मात्र खर्चदा भुवन कार्कीले ४ ओभरमा २ ओभर मेडन राख्दै १० रन खर्चे। सन्नी पटेलले ४ ओभरमा १८ र दिपेन्द्र ऐरीले ३ ओभरमा १३ रन खर्चे। यस्तै कमल सिंह भरीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell