PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

बिहीवार नै नेपाल प्रदर्शनमा दुई विदेशी फिल्म, निर्माता संघको माग 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्छ'



पहिलोपोस्ट

बिहीवार नै नेपाल प्रदर्शनमा दुई विदेशी फिल्म, निर्माता संघको माग 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्छ'

काठमाडौं: बिहीवारदेखि दुई विदेशी फिल्म नेपाल प्रदर्शनमा आएका छन्। हलिउड फिल्म 'एलिटा : ब्याटल एन्जल' र बलिउड फिल्म 'गल्ली बोई' प्रेम दिवसको अवसरमा नेपाल प्रदर्शनमा आएका हुन्। 

नेपाली फिल्म 'बुलबुल' प्रदर्शन अगावै विदेशी फिल्म नेपाल प्रदर्शनमा आएका हुन्। 'बुलबुल' भने १५ फेब्रुअरीदेखि मात्रै प्रदर्शनमा आउँदैछ।

रणवीर सिंह अभिनित 'गल्ली बोई'ले आज मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा १३ सो पाएको छ। उता, साइबर पङ्क एक्सन फिल्म 'एलिटा'ले १४ सो पाएको छ। जेम्स क्यामरुन र रबर्ट रोड्रिगुएजको यो फिल्ममा फोहोरको थुप्रोमा भेटिएकी एक महिलाको कथा समेटेको छ।

'गल्ली बोई'मा स्ट्रिट र्‍यापरको कथा समेटिएको छ भने 'बुलबुल'ले टेम्पू चालक एक महिलाको कथा समावेश गरेको छ। भोलिदेखि प्रदर्शनमा आउने बुलबुल' को बुकिङ खुल्ला गरिएको छ। बुकिङ खुल्ला गरिएसँगै 'बुलबुल'ले क्यूएफएक्समा १३ सो पाएको छ।

बिहीवार प्रदर्शनमा आएको 'गल्ली बोई' र 'एलिटा'को माउथ पब्लिसिटीले 'बुलबुल'लाई असर पर्ने देखिन्छ। तर, यहाँ नेपाली फिल्मको प्रदर्शन भने शुक्रबार नै गर्ने सम्झौता छ।

नेपालमा विदेशी फिल्म भने बिहीवार नै प्रदर्शनमा आइरहेका हुन्छन्। यसले शुक्रबार फिल्म प्रदर्शन गर्ने निर्मातालाई कस्तो असर गर्छ?

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, 'चलचित्र संघ र चलचित्र निर्माता संघको सम्झौता अनुसार नेपाली फिल्म शुक्रबार रिलिज गर्नुपर्ने हो। हामी निर्माताका लागि जुनदिन फिल्म रिलिज भए पनि राम्रो हो। तर, यहाँ विदेशी फिल्म चाहिँ अन्य बारमा प्रदर्शनमा ल्याउँछ। शुक्रबार बाहेकका दिनमा विदेशी फिल्मको रिलिज पनि रोक्नुपर्छ। नेपालीले चाहिँ नपाउने विदेशीले किन पाउने?'

विदेशी फिल्म पनि शुक्रबार नै प्रदर्शनमा ल्याउनुपर्ने संघको माग रहेको उनले बताए। 'एउटा हप्ता शुक्रबार रिलिजले अर्को हप्ता रिलिज हुने फिल्मको निर्माताले एक हप्ता पाउँछ। कमसेकम निर्मातालाई एक हप्ताको राहत हुन्छ,' उनले भने 'त्यसैले गर्दा नेपाली फिल्म शुक्रबार रिलज गर्ने सम्झौता भयो। तर, विदेशी फिल्म बीचमा पनि रिलिज हुन्छ। विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell