
काठमाडौं: फिल्म 'प्रेम दिवस'को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। प्रेम दिवसकै अवसरमा निर्माण टिमले फिल्मका दुई पोस्टर सार्वजनिक गरेका हुन्।
पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठ प्रेमिल भावमा देखिन्छन्। रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सनको ब्यानरमा बनेको फिल्म जेठ ३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ।
योगेश घिमिरेको निर्देशनमा बनेको फिल्ममा प्रियंका र आयुष्मानसँगै विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपानेलागयतको अभिनय छ।
फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, प्रदीप भारद्धाजको कथा,रोशन श्रेष्ठको द्वन्द्व, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ।