
काठमाडौं: अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले आज बिहे गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले प्रेम दिवसका दिन बिहे गरेका हुन्।
केहीदिनअघि उनीहरुले इन्गेजमेन्ट गरेका थिए। सामाजिक सञ्जालमा अभिनेत्री वर्षा र संजोगका विवाहका तस्वीर सार्वजनिक भएका छन्। रातो घुम्टोसहितको बेहुली पहिरनमा वर्षा खुलेकी छिन्। तस्वीरमा संजोग पनि गोल्डेन रङ्गको दौरा सुरुवालमा देखिएका छन्।
अहिले यी दुईलाई बधाई दिनेको ओइरो छ।
वर्षाले 'नाईं नभन्नु ल ४'बाट फिल्ममा डेब्यू गरेकी हुन्। पछिल्लो समय वर्षा र संजोगले 'छक्का पञ्जा ३'मा एकसाथ अभिनय गरेका थिए। संजोगले हालै 'कथा काठमाडौं'मा अभिनय पनि गरेका थिए।
तस्वीर : फोटो पसल