काठमाडौं: आइजीपी शैलेन्द्र खनालले प्रणय दिवसको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन्। उनले शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीतमा 'भुर्र भुर्र' बोलको गीत सार्वजनिक गरेका हुन्।
गीतमा सानिध्य खनाल र स्मीता दाहालको स्वर छ। 'शरद २' एल्बममा समावेश गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्।
गीतको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन्। आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको 'शरद २'एल्बममा यो गीतसँगै अन्य ७ गीत समावेश रहेको बताइएको छ।
डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुन्।