PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज क्रिकेट लिग हुने, चैतमा हुने लिगमा ५ टिमले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज क्रिकेट लिग हुने, चैतमा हुने लिगमा ५ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौँ : नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने भएको छ। क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी चैतमा काठमाडौँमा वुमन च्याम्पियन्स लिग डब्लुसिएल आयोजना हुन लागेको हो।

बिहीवार आयोजकले पत्रकारसम्मलेन गर्दै चैत २२ देखि ३० गतेसम्म कीर्तिपुस्थित टीयू क्रिकेट मैदानमा पलिग गर्ने जानकारी दिएको हो।

आयोजक संस्थाका अध्यक्ष छुम्बी लामाका अनुसार लिगमा नेपालका पाँच शहरका ५ टिमले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै खेलाडीहरुको छनोट अक्सन र ड्राफ्टमध्ये कुनै एक बाट गरिने लामाले जानकारी दिए।

पहिलो सिजन पाँच शहरका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन्। यो फ्रेन्चाइज शैलीमै हुनेछ। यसमा पुरुषहरुकै जस्तो महिला खेलाडीको लागि पनि व्यावसायिक बनाउने प्रयास रहने उनले बताए।

प्रतियोगिताको शहर, टिम र खेल तालिकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने उनले जानकारी दिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell