PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बीबीएल सेमिफाइनलमा सन्दीप विकेटविहिन



पहिलोपोस्ट

बीबीएल सेमिफाइनलमा सन्दीप विकेटविहिन

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियामा भइरहेको बिग बास लिग बीबीएलको सेमिफाइनलमा विकेटविहिन बनेका छन्।

लिग अन्तर्गत बिहीवार सन्दीपको टोली मेलवर्न स्टार्सले होबार्ट हुरिकेनसँग पहिलो सेमिफाइनल खेलिरहेको छ। स्टार्सले ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको थियो।

सन्दीपले ४ ओभर बलिङ गर्दा ३१ रन खर्चिए। २४ बल बलिङ गर्दा उनले चार बल डट फाले भने तीन चौका दिए।

सन्दिपको खेलको पाँचौ ओभरमै बलिङ गर्न पाएका थिए। तर उनले त्यस ओभरमा ९ रन खर्चिए। त्यसपछि सातौँ ओभरमा ६ र १३औँ ओभरमा ४ रन मात्र खर्चेर सन्दिपले किफायती बलिङ गरेका थिए। तर १७औँ ओभरमा १२ रन खर्चेपछि उनी महँगा बने।

सन्दीपले यसअघि लिगको मोस्ट विन खेलमा सिड्नी सिक्सर्स विरुद्ध ३ विकेट लिएका थिए।

सन्दीपले यस सिजन बीबीएलमा ६ खेल खेल्दा ११ विकेट लिएका छन्। आजको खेलमा जित हात पारे उनको टिम स्टार्स फाइनल पुग्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell