PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बीबीएल : सन्दीपको टोली फाइनलमा



पहिलोपोस्ट

बीबीएल : सन्दीपको टोली फाइनलमा

काठमाडौँ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले खेलिरहेको मेलवर्न स्टार्स अष्ट्रेलियन बिग बास लिग बीबीएल सिजन आठ को फाइनलमा प्रवेश गरेको छ।

लिग चरणमा चौथो स्थानमा रहेको स्टार्सले बिहीवार भएको पहिलो सेमिफाइनलमा शीर्ष स्थानको होबार्ट हुरिकेनलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

होबार्टले दिएको १५४ रनको लक्ष्य स्टार्सले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

स्टार्सका लागि कप्तान ग्लोन म्याक्सवेलले नटआउट ४३ र सेब गोचले नटआउट ३३ रन बनाए। यस्तै पिटर ह्याण्ड्सबम्बले ३३ रनको योगदान गरे। ३३ बल खेलेका म्याक्सवेलले ४ चौका प्रहार गरे। गोचले २२ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।

होबार्टका क्वाइस अहेमदले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले बेन म्याक डोरमेटको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो। यस्तै जर्ज बेलीले ३७ र डी आर्ची सर्टले ३५ रन बनाए।

सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा ३१ रन खर्चे पनि विकेट लिन सकेनन्। स्टार्सका लागि ड्यानिएल वोरलले २३ रन खर्चेर ४ विकेट लिए।

स्टार्सले अब मेलवर्न रेनेगाड्स र सिड्नी सिक्सर्सबीच हुने दवस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell