PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

डीपीएल : वर्षाका कारण खेल रद्ध भएपछि महेन्द्रनगर र विराटनगरले अंक बाँडे



पहिलोपोस्ट

डीपीएल : वर्षाका कारण खेल रद्ध भएपछि महेन्द्रनगर र विराटनगरले अंक बाँडे

धनगढी : धनगढी प्रिमियर लिग डीपीएल अन्तर्गत बिहीवारको दोस्रो खेल वर्षाको कारण रद्ध भएपछि विराटनगर किंग्स र महेन्द्र नगर युनाइटेडले अंक बाँडेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभर खेल्दै ८२-७ रन बनाउँदा ठूलो वर्षा भएपछि खेल रोकिएको थियो। र त्यसपछि पुन: सुरु नहुँदा दुवै टिमले १-१ अंक बाँडे।

खेल रद्ध भएपछि महेन्द्रनगर अझै पहिलो जितको खोजीमा छ। यस अघिको दुवै खेल हारेको महेन्द्रनगरलाई अब शीर्ष चारमा हरँदै प्लेअफ पुग्न बाँकी दुवै खेल जित्नुपर्ने बाध्यता छ। यस्तै यसअघि एक हार एक जितको नतिजा निकालेको विराटनगर ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ र अब बाँकी दुई मध्ये एक खेल जितेमा पनि शीर्ष चारमा रहँदै प्लेअफ पुग्न सक्नेछ।

दुई-दुई खेल खेलेका सिवाइसी अत्तरिया र काठमाडौँ गोल्डेन्स अपराजित रहँदै ४ अंक जोडेर पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलेको रुपन्देही पनि दुई जितबाट ४ अंकसहित तेस्रोमा छ।

तीनवटै खेल हारेको साविक विजेता धनगढी स्टार्स भने अंकविहिन छ र लिग चरणबाटै बाहिरिने खतरा बढेको छ।

धनगढीले प्लेअफ पुग्न बाँकी दुई खेल जित्नैपर्नेछ भने अन्य खेलको नतिजा पनि कुर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell