PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

डच बिस्ट रोली विङ्कलार नेपालमा



पहिलोपोस्ट

डच बिस्ट रोली विङ्कलार नेपालमा

काठमाडौँ : विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो शरिर भएको बडिबिल्डरको छवी बनाएका रोली विङ्कर नेपाल आएका छन्।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ प्रो क्वालिफायरमा सहभागि हुन विङ्कलार बिहीवार नेपाल आइपुगेका हुन्।

डच बिस्ट द सामुराई जस्ता उपनामले चर्चित विङ्कलार यही शुक्रवार र शनिवार हुने प्रो क्वालिफायरमा गेष्ट पोजरको रुपमा प्रस्तुत हुनेछन्।

पहिलो पटक नेपाल आएका विङ्कलारले यहाँ आउन पाउँदा खुशी लागेको बताए। यस्तै आइएफबिबि लिग नेपालका अध्यक्ष सानु गुरुङले विङ्कलार नेपाल आउनु नेपाली बडिबिल्डिङको लागि खुशीको विषय रहेको र यसले नेपालको नाम विश्वमा अझै चर्चित हुने बताए।

दुई दिन हुने प्रो क्वालिफायरमा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र वुमन पिजिक गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

चार इभेन्टको विजेताले प्रो कार्ड पाउनेछन् र अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell