PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सहकारीमार्फत करिब २७ लाख ठगी गरेर फरार अधिकारी पक्राउ, फैसला कार्यान्वयनका लागि जेल चलान



पहिलोपोस्ट

सहकारीमार्फत करिब २७ लाख  ठगी गरेर फरार अधिकारी पक्राउ, फैसला कार्यान्वयनका लागि जेल चलान

काठमाडौँः अदालतले रु २६ लाख ७५ हजार २९५ नगद र एक वर्ष कैद सजाय सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असोज ४ को फैसला अनुसार उक्त सजाय सुनाएका काठमाडौँ साङ्ला बस्ने ५६ वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्राउ परेका अधिकारीले गोँगबुमा चाँदनी बहुद्देश्यीय सहकारी संस्था स्थापना गरी राष्ट्र बैंकको स्वीकृति नलिइ निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरी ठगी गरेकाले पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका अधिकारीलाई काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell