PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु

काठमाडौँः मिनी ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रुको मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ः२० बजे भक्तपुर चारदोबाटोस्थित सडकमा नम्बर नखुलेको निशान मिनी ट्रकले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

नयाँ ठिमीबाट गठ्ठाघरतर्फ जाँदै ट्रकले बाटो काट्दै गरको पैदलयात्रु भक्तपुर सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने मिथिलेश उपाध्यायलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनको उपचारकै क्रममा मध्यपुर ठिमी अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने मिनी ट्रक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell