
युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा चेल्सी, नेपोली, सेभिया विजयी हुँदा आर्सनल भने पराजित भएको छ।
लण्डन क्लब आर्सनल स्वीस क्लब बाटे बारिसोभसँग १-० ले पराजित भएको हो।
बाटेका लागि स्टानिस्लाभ ड्रागनले घरेलु मैदानमा ४५ औँ मिनेटमा गोल गरेका थिए। अलेक्जान्डर लाकाजेट ८५औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलमाडीमा झरेको थियो।
उता अर्को लण्डन क्लब चेल्सीले भने स्वीडेनको माल्मोलाई २-० ले हरायो। चेल्सीका लागि अवे मैदानमा रोज कार्कले र ओलिभरजिरुडले गोल गरे।
माल्कोका लागि आन्द्रेस क्रिस्टियनले दोस्रो हाफमा एक गोल फर्काएपनि घरेलु मैदानमा हार टार्न सकेन्।
यस्तै इटालियन क्लब नेपोलीले एफसी ज्युरिखलाई ३-१ र इन्टर मिलानले र्यापिड वियनालाई १-० ले हरायो।
स्पानिस क्लब सेभियाले लाजियोलाई तथा भियारियालले स्पोर्टिङ सिएफलाई समान १-० ले पराजित गरेको छ।
अब दोस्रो लेगका खेहरु फेब्रुअरी २१ मा हुनेछ।