PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

हिरो वुमन्स गोल्डकप : नेपाल र म्यानमार उपाधिका लागि भिड्दै



पहिलोपोस्ट

हिरो वुमन्स गोल्डकप : नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपको उपाधिका लागि नेपालको महिला टोलीले आज म्यानमारको महिला टोलीसँग खेल्दैछ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका हुन्।

म्यानमारले लिग चरणमा सबै तीन खेल जित्दा नेपालले दुई खेल जितेको थियो।

पहिलो खेलमै म्यानमारसँ ३-० ले पराजित भएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा बाँकी दुई खेल जित्यो।

यसक्रममा नेपालले अहिलेसम्म हराउन नसकेको भारतलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै ऐतिहासिक उपलब्धी हात पारेको थियो। भारत विरुद्ध त्यो नेपालको पहिलो जित थियो। यस्तै नेपालले अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गर्‍यो।

अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेपछि लिगमा म्यानमार ९ अंकहसित पहिलो र नेपाल ६ अंकसहित दोस्रो भएको हो।

भारतले एक जितबाट ३ अंक मात्र जोड्दा इरान सबै खेल हार्दै अंकविहिन बनेको थियो।

साफ च्याम्पियनसिपमा तीन पटक फाइनल पुग्दा पनि भारतसँगै हारेको नेपाल सामु पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने अवसर छ। यस्तै पहिलो खेलमा हार बेहोरेको म्यानमारसँग बदला लिने अवसर पनि छ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भइरहेको प्रतियोगिताको फाइनल आज बेलुका नेपाली समयअनुसार ६:१५ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell