PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

बढुवामा सिफारिस नभएका एसपी उप्रेतीको राजीनामा स्वीकृत



पहिलोपोस्ट

बढुवामा सिफारिस नभएका एसपी उप्रेतीको राजीनामा स्वीकृत

काठमाडौँ: बढुवामा आफ्नो नाम नपरेको भन्दै राजीनमा दिएका एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत भएको छ।

गृह मन्त्रालयले एसपी उप्रेतीको राजीनामा स्वीकृत गरेको हो। उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएका थिए। प्रहरी प्रधान कार्यालयले राजीनामा गृह मन्त्रालयमा पठाएको थियो।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले गत शनिबार १४ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस सूची प्रकाशित गरेको थियो। उप्रेती बढुवामा सिफारिस भएका थिएनन्। आफूभन्दा कनिष्ठलाई सिफारिस गरी आफ्नो नाम सिफारिस नभएको भन्दै उनले राजीनामा दिएका थिए।

बढुवामा सिफारिस हुनेमा श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल थिए।

एसएसपीमा बढुवा भएका भीम ढकाल, दीपक थापा, टेकबहादुर तामाङ उप्रेतीभन्दा जुनियर हुन्। एसपी उप्रेती महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए।

सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेर तीन वर्षमा नै एसएसपीमा बढुवा हुने बाटो खोलेको थियो। नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १४ जना एसएसपी दरबन्दी खाली रहेको थियो।

प्रथम श्रेणी तहको बढुवाको लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम थियो। संशोधनपछि भने तीन वर्षमा नै बढुवा हुन पाउने भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell