PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

प्रहरीलाई ५० रुपैयाँ घुस !



पहिलोपोस्ट

प्रहरीलाई ५० रुपैयाँ घुस !

काठमाडौं: प्रहरीलाई ५० रुपैयाँ घुस दिने एक जना पक्राउ परेका छन्। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न ५० रुपैयाँ घुस दिएकाे आराेपमा नवलपरासी कावासोती १६ का २६ वर्षीय यमबहादुर भुजेललाई ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले बिहीवार बेलुका काठमाडौं महानगरपालिका १९ रामघाटबाट पक्राउ गरेको हो।

प्रहरीकाे संयुक्त टोलीले ना.४ ख ९२२७ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक भुजेलले गाडीको कागजातसँगै घुसवाफत उक्त रकम दिएर प्रलाेभनमा पार्न खाेजेकाे प्रहरीको दाबी छ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell