PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आशिरमान र अनमोलमा कसले मार्ला बाजी?



पहिलोपोस्ट

आशिरमान र अनमोलमा कसले मार्ला बाजी?

काठमाडौं: आशिरमान देशराज जोशी श्रेष्ठ अभिनित फिल्म 'द ब्रेकअप' प्रदर्शनको तयारीमा छ। यो आशिरामानको दोस्रो फिल्म हो। उनले यसअघि 'ग्याङ्गस्टार ब्लुज'मा अभिनय गरेका थिए।

 पहिलो फिल्मबाट अभिनयमा चर्चा पाएका उनी 'द ब्रेकअप'बाट पनि आशावादी देखिन्छन्। यतिखेर,उनी फिल्मको प्रचारमा निकै व्यस्त छन्। उनी विभिन्न ठाउँहरुमा निर्माण टिमसँगै फिल्मका प्रचारका लागि हिँड्दैछन्। टिम दर्शक माझ साक्षात्कार कार्यक्रम गर्न सक्रिय भएका छन्।

यो फिल्म फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ। यसै मितिमा अनमोल केसी अभिनित 'क्याप्टेन' पनि प्रदर्शनमा आउँदैछ। दुवै फिल्मले प्रचारलाई तिव्रता दिएका छन्। एकसाथ प्रदर्शनमा आउने दुई फिल्मको भिडन्त पक्का छ। आशिरमान र अनमोले दर्शकबाट कस्तो साथ पाउला त्यो पछि नै थाह हुनेछ। 

'द ब्रेकअप'लाई भने हेमराज बिसीले निर्देशन गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell