PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

यस्तो देखियो अनमोल, भुवन र निरुताको केमेस्ट्री



पहिलोपोस्ट

यस्तो देखियो अनमोल, भुवन र निरुताको केमेस्ट्री

काठमाडौं:  निरुता सिंह अभिनित फिल्म 'क्याप्टेन'को नयाँ गीत सार्वजनिक गरिएको छ। अनमोल केसी र भुवन केसीसँग यसै गीतमा अभिनय गर्न निरुता भारतबाट नेपाल आएकी हुन्। फिल्ममा उनको अतिथी भुमिका पनि छ।

डेब्यू फिल्म नै भुवनसँग गरेकी निरुता २५ वर्षपछि फेरी स्क्रिनमा भुवनसँगै देखिँदैछिन्। गीतमा निरुतालाई फिचर्ड गराउन अनमोलको भुमिका छ। 'कर्ली कर्ली कपाल'बोलको यस गीतमा अभिनयका लागि अनमोलले निरुताको नाम सिफारिस गरेका थिए। त्यसपछि निरुतालाई नेपाल बोलाइएको हो।

मेलिना राई र एसडी योगीको स्वर रहेको यस गीतमा एसडीकै शब्द तथा संगीत छ। गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी हुन्।

फिल्म फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्माण टिम यतिखेर फिल्मको प्रचारमा व्यस्त छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell