PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कर्मचारी समायोजन विधेयक पारित



पहिलोपोस्ट

कर्मचारी समायोजन विधेयक पारित

काठमाडौं : आज बसेको प्रतिनिधि सभा बैठकले कर्मचारी समायोजन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ। 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट आजै पास भएको विधेयकलाई प्रतिनिधि सभाले आजै पारित गरेको हो।

कर्मचारी समायोजन विधेयकमाथि परेका अधिकांश संशोधनमाथि छलफल नै नगरी समितिबाट पारित गरिएको थियो। जसकारण समितिमा विवाद भएपछि सभापति शशी श्रेष्ठले हतार हतारमा विधेयक अगाडि बढाएकी थिइन्। त्यसमा सांसदहरुले असन्तुष्टि पनि जनाएका थिए।

समितिबाट विधेयक पारित भइ आइनसकेकाले प्रतिनिधि सभाको बैठक बस्नमा ढिलाइ भएको थियो।

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell