PahiloPost

Nov 7, 2025 | २२ कात्तिक २०८२

नेकपाको विवादले उम्मेदवारी रद्द, सांसदले किर्ते हस्ताक्षर गरेको आरोप



पहिलोपोस्ट

नेकपाको विवादले उम्मेदवारी रद्द, सांसदले किर्ते हस्ताक्षर गरेको आरोप

काठमाडौं : प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा विवाद बढ्दै गएको छ। नेकपाको विवादले गर्दा शुक्रबार सार्वजनिक लेखा समितिले सभापति पाउन सकेन।

सभापतिका लागि नेकपाबाट उम्मेदवारी दर्ता गराएका दुबै जनाको उम्मेदवारी कायम नरहे पछि समितिको सभापति चयन हुन नसकेको हो।

प्रमुख प्रतिपक्षी नेकपाको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिका लागि विहीबार नेकपाबाटै दुई जनाले उम्मेदवारी दिएका थिए।

नेकपाले आधिकारिक उम्मेदवारका रुपमा भरत साहलाई अगाडि सारेको थियो। उनी पूर्व माओवादी नेता हुन्। तर उनलाई समर्थक जुटाउनै कठिन भएको थियो। त्यसक्रममा उनले एक जना सांसदको किर्ते हस्ताक्षर गरेर उम्मेदवारी दर्ता गराएको आरोप लागेको थियो।

सभापतिका उम्मेदवार भरत साहको समर्थक बसेका सांसद रामकुमार यादवले आफूले हस्ताक्षर नगरेको लिखित जानकारी समितिलाई गराएका छन्। 

उम्मेदवारको समर्थक जुटाइदिने जिम्मेवारी संसदीय दलका नेताको हुन्छ। संसदीय दलका नेता सत्यनारायण मण्डलकै आग्रहमा सांसद साहलाई यादवको हस्ताक्षर प्रयोग गरेको प्रतिक्रिया दिएका छन्।

हस्ताक्षरकर्ताले आफूले हस्ताक्षर नगरेको भनेपछि साहको उम्मेदवारी रद्द भएको छ।

विहीबार नै नेकपाकै सत्रुघन महतो कोइरीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। महतो पूर्व एमालेभित्र माधव नेपाल पक्षका नेता हुन्। पार्टीमा विवाद भएको समाचार आएपछि केन्द्रीय नेताहरुको दबाबमा महतोले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन्।

प्रदेश २ संसद सचिवालयका अनुसार लेखा समितिका लागि दुबै जनाको उम्मेदवारी नरहेपछि निर्वाचनको अर्को कार्यतालिका बनाउने तयारी हुँदैछ। सभामुखसँगको परामर्श पछि नयाँ कार्यतालिका तयार हुनेछ।

प्रदेश सभामा रहेका कूल सात संसदीय समिति मध्ये ६ वटा समितिका सभापतिहरु विहीबार निर्विरोध निर्वाचित भएका थिए। 

लेखा समितिमा १३ जना सदस्य छन्। नेकपाको ४, फोरमको ३, राजपाको ३ र कांग्रेसको ३ तीन जना सदस्य छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell