भक्तपुर : साँखु सालिनदीमा स्वस्थानीको ब्रत बसेका भक्तजनहरु आज चाँगुनारायण पुगेर स्नान गरेका छन्। हिजो राति ११ बजे उनीहरु चाँगु आइपुगेका थिए। राति चाँगुमा बास बसेर आज बिहान स्नान गरेपछि उनीहरुले पूजाआजा गरेका थिए। त्यसपछि उनीहरु सालिनदी नै फर्किएका छन्। प्रवीण रानाभाटले साँखुमा ब्रत बसेका श्रद्धालुहरुको चाँगुको पूजाआजालाई यसरी कैद गरेका छन् :