PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

डीपीएल : पानीले मैदान हिलाम्मे, आजका दुवै खेल रद्ध

डीपीएल : पानीले मैदान हिलाम्मे, आजका दुवै खेल रद्ध

एम बम/पहिलोपोस्ट


कैलाली : धनगढी प्रमियर लिग अन्तर्गत शनिबारका खेलहरु वर्षाका कारण रद्ध भए। शनिबार हुने भनिएको पहिलो खेल काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स तथा दोश्रो महेन्द्रनगर युनाइटेड र धनगढी स्टारको खेल रद्ध भएको हो।

खेल रद्द भएसँगै चारवटै टीमले १/१ अंक बाँडेका छन्। 

फाप्ला क्रिकेट मैदान पानीले हिलाम्मे बनेपछि खेल हुन नसकेको हो। बिहीवार रातिदेखिको झरीले मैदानमा पानी जमेको छ। शुक्रबार राति पुनः पानी थपिएपछि मैदान हिलाम्मे भयो। 

यससँगै काठमाडौं ५ अंक सहित शीर्ष स्थानमा पुगेको छ। विराटनगर, रुपन्देही च्यालेन्जर्स र अत्तरीयाको समान ४ अंक छ। 

विराटनगरको बिहीवार पनि महेन्द्रनगर युनाइटेडसँगको खेल वर्षाका कारण रद्ध भएपछि १ अंकमा नै चित्त बुझाएको थियो।

महेन्द्रनगरको २ अंक हुँदा लगातार तीन खेलमा हार व्यहोरेको धनगढीको १ अंक छ। धनगढीको शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। 

२६ गते शुरु हुने भनिएको डीपीएलका खेलहरु यसअघि पनि पानीकै कारण २ दिन ढिला गरी शुरु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell