PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ मा उत्कृष्ट ठहरिए स्मृति र अमृत



पहिलोपोस्ट

‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ मा उत्कृष्ट ठहरिए स्मृति र अमृत

काठमाडौं: ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’  सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट स्मृति गौतमले उत्कृष्ट गायिकाको अवार्ड पाएकी छिन्। ‘घर त ठिमी’ बोलको गितबाट उनले उक्त अवार्ड जितेकी हुन्।

हिमालयन इभेन्टस र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा शुक्रबार अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो।

उत्कृष्ठ ठहरिएकी गायिका गौतम केहीदिन अघि नेपालमा ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी थिइन्। ‘पानबुट्टे चोलि’ नामक गितबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन्। उक्त अवार्ड पूर्व राष्ट्रपति परमानन्द झा ले प्रदान गरेका थिए।  

त्यस्तै, म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड गायक अमृत खातीले प्राप्त गरेका। ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड पाएका हुन्।

कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त अवार्ड कार्यक्रममा रन्जित परियार ,सरस्वती लामा, भुमिका गिरि, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामा लगायतका कलाकारहरुले पनि विविध विधामा अवार्ड जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell