PahiloPost

May 15, 2024 | २ जेठ २०८१

आइएफबिबि प्रो क्वालिफायर : नेपालकी विनिता राईले जितिन् प्रो कार्ड



पहिलोपोस्ट

आइएफबिबि प्रो क्वालिफायर : नेपालकी विनिता राईले जितिन् प्रो कार्ड

काठमाडौँ : नेपालकी विनिता राईले पहिलो पटक आयोजना भएको आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ प्रो क्वालिफायरमा प्रो कार्ड जितेकी छिन्।

आइएफबिबि लिग नेपालको आयोजनामा भएको क्वालिफायरमा विनिताले वुमन फिजिकमा कुनै प्रतिस्पर्धी नभएपछि स्वत विजेता घोषित हुँदै प्रो कार्ड जितिन्।

कमलादिस्थित प्रज्ञा भवनमा भएको क्वालिफायरमा विनिताले प्रि जजिङ र फाइनल गरी दुई पटक प्रस्तुती दिएकी थिइन।

उनले यसअघि पोखरामा भएको तेस्रो बुल्समेन बडिबिल्डिङमा पनि वुमन फिजिकमा स्वर्ण जितेकी थिइन।

प्रो कार्ड जित्ने पहिलो नेपाली खेलाडी बन्न पाउँदा एकदमै खुशी भएको विनिताले बताइन्।

३६ वर्षीय विनिताले सुरुमा ब्याक पेन हुँदा आफूले बडिबिल्डिङमा लागिएला भनेर कहिल्यै नसोचेको तर फिजियोलाई देखाउँदा पछि मात्र यतातिर लागेको बताइन्।

झापामा जन्मेर हाल ललितपुर भैँसेपाटिमा बस्ने उनको ८ वर्षको छोरा समेत छ। प्रो कार्ड पाएपछि अब विनिताले विश्वभर हुने प्रतियोगिता खेल्न जान पाउनेछिन्। यस्तै यसले मिस्टर ओलम्पियामा जाने ढोका समेत खोलेको छ।

विनिताले अब यो वर्ष नै बाहिर खेल्न जाने वा अर्को वर्ष जाने भन्ने बारे पगुरुहरुसँग सल्लाह गरेपछि थाहा हुने बताइन्।

विनितासँगै प्रो क्वालिफायरमा अन्य तीन खेलाडीले पनि प्रो कार्ड जिते।

मेन्स बडिबिल्डिङमा जोनी डो रिगो, मेन्स पिजिकमा सौरभती सिंह र मेन्स क्लासिक फिजिकमा अमिर हुसेन दातियनाले प्रो कार्ड जिते। उनीहरु आ-आफ्नो विधामा स्वर्ण पदक जित्न सफल भएका थिए।

आइएफबिबि लिग नेपालले पहिलो पटक नेपालमा यस्तो खालको अन्तर्राष्ट्रिय बडिबिल्डिङ आयोजना गरेर विङ्कलार जस्ता बडिबिल्डर ल्याउँदा पनि यसको व्यवस्थापन भने चुस्त हुन सकेन।

क्वालिफायरका लागि आयोजकले पाँचै जना विदेशी जज ल्याएको थियो। यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विक र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टपनि क्वालिफायर हेर्न पुगेका थिए। क्वालिफायरमा मुख्य आर्कषणका रुपमा डच बिस्ट रोली विङ्कलार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell