PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

थ्री स्टार सेमिफाइनलमा



पहिलोपोस्ट

थ्री स्टार सेमिफाइनलमा

काठमाडौँ : भुटानमा भइरहेको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपमा नेपालको थ्री स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा थ्री स्टारले भुटानकै युग्येन एकेडेमीलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ दुवै टिमका ४-४ खेलाडीले गोल गरे। त्यसपछि थ्री स्टारका लागि अनन्त तामाङदे गोल गरे भने युग्येनका खेलाडी गोल गर्न चुके।

निरन्तरको वर्षा र खराब लाइटका कारण निर्धारित ९० मिनेटपछि खेल सिधै पेनाल्टीमा पुगेको थियो।

शुक्रवार नेपालकै अर्को क्लब त्रिभुवन आर्मी थिम्पु सिटी एफसीलाई ६-० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ।

आर्मी र थ्री स्टार दुवैले बाई पाउदै सिधै सेमिफाइनल खेलेका हुन्। अब दुवै टोलीले सेमिफाइनल खेल जितेमा फाइनलमा एकआसमा भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell