PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विश्वकप क्वालिफायर खेल्न नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान



पहिलोपोस्ट

विश्वकप क्वालिफायर खेल्न नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

काठमाडौँ : आइसीसी महिला विश्वकपको एसियाली छनोट खेल्नका लागि नेपाली राष्ट्रिय महिला टोली थाइल्याण्ड प्रस्थान गरेको छ।

सन् २०२० मा हुने वुमन्स टी २० वर्ल्डकप र २०२१ मा हुने ५० ओभरको वर्ल्डकपको छनोटको पहिलो आधारको रुपमा रहेको एसियाली छनोटमा नेपाल र थाइल्याण्डसहित ७ राष्ट्रको सहभागिता रहनेछ।

नेपाली टोलीलाई शनिवार राष्ट्रिय खेलकुद परिषदका केशव कुमार विष्टले बिदाई गरेका थिए। त्यसपछि नेपाली टिम थाइल्याण्ड प्रस्थान गरेको हो।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक एक खेलाडी परिवर्तन भएको छ।

गत महिना थाइल्याण्डमै भएको टी २० स्म्यास खेलेको टिममा रहेकी डोली भट्टको स्थानमा अप्सरी बेगम नयाँ अनुहारको रुपमा टिममा छन्।

कपेतान रुविना क्षेत्रीले टी २० स्म्यासमा राम्रो प्रदर्शन गरेको नेपालले विश्वकप क्वालिफायरमा पनि राम्रो प्रदर्शन गर्ने बताएकी छिन्।

नेपाल, थाइल्याण्ड, युएई, चीन, मलेसिया, हङकङ र कुवेतले एसियाली छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

यही फेब्रुअरी १८ बाट हुने प्रतियोगितामा राउण्ड रोविनको खेलपछि विजेता हुने टिम टी २० र ५० ओभरको विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछ।

प्रतियोगितामा नेपालले फेब्रुअरी १९ मा मलेसियासँग पहिलो खेल खेल्नेछ।


नेपाली टोली

रुविना क्षेत्री बेलबाशी (कप्तान), सीता राना मागर (उप-कप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरी बेगम, ममता कुमारी चौधरी, बिन्दु रावल

 

व्यवस्थापक : अमृता पौडेल

प्रशिक्षक : विनोद दास

सहायक प्रशिक्षक : निरा राजोपाध्याय

फिजियो : सकुना दानी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell